मन्त्री झाँक्रीद्वारा सुर्खेतमा निर्मित मल्टिपर्पोज सभाहल उद्घाटन



सुर्खेत। कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा निर्माण गरिएको सुर्खेत सभाहलको उद्घाटन तथा हस्तान्तरण गरिएको छ।

शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले बिहीवार एक कार्यक्रमबीच भवनको उद्घाटन गर्दै नगरपालिकालाई हस्तान्तरण गरेकी हुन्। भवन शहरी विकास मन्त्रालय, शहरी विकास तथा भवन निर्माण विभाग, संघीय आयोजना कार्यान्वय इकाई सुर्खेतले निर्माण गरेको हो।

शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले यति ठूलो लगानीमा निर्माण गरिएको सभाहलको पहिलो चरणको काम सकिएकोमा धन्यवाद दिइकी छन्। उनले उक्त हल नगरपालिकालाई हस्तान्तरण गरेर दायित्वबाट पन्छिन भने नखोजिएको बताइन्। साथै उनले हलले विजनेश गर्ने र यहाँ कार्यरत कर्मचारी पालिन सक्ने गरी काम गरिनुपर्नेमा जोड दिइन।

आयोजनाले भवन निर्माणसहित, सरकारी भवन निर्माण कार्यक्रम अन्तर्गत सुर्खेत सभाहल (प्रथम चरण) को कार्य सम्पन्न गरेको छ। वीरेन्द्रनगर नगरपालिका ६ मा रहेको उक्त सभाहल २५ हजार २८९ दशमलव १६ वर्गमिटर क्षेत्रफल अर्थात ५० रोपनी जमिनमा निर्माण गरिएको छ।

सभाहल निर्माणका लागि आर्थिक वर्ष २०७३र०७४ मा राष्ट्रिय भवन संहिता २०६० को मापदण्ड अनुसार आर सीसी फार्म स्ट्रक्च्युरल भिजन हल’ भवनको डिजाईन भएको हो। यो भवनका लागि २६ करोड ९१ लाख ९५ हजार २६४ रुपैयाँ बराबरको लागत विनियोजन गरिएको थियो।

भवन निर्माणको जिम्मा पाएको श्री समनान्तर–चक्रेश्वरी शिवशक्ति जेभि काठमाण्डौंले पाएको थियो। सभाहल आर्थिक बर्ष ०७३ चैत्र २७ गते सम्झौता भई ०७६ चैत्र २३ गते सम्पन्न गर्ने भनिएको थियो। तर, सम्झौता अवधिमा निर्माण कम्पनीले काम सम्पन्न गर्न सकेको थिएन।

कोरोना भाइरसका कारण काम प्रभावित भएको संघीय आयोजना कार्यान्वयन इकाईका आयोजना प्रमुख अमरबहादुर थापले बताए। त्यसपछि ०७८ भदौ २३ गते सम्म म्याद थपिएको र सोही अवधिमा सभाहल (प्रथम चरण) को कार्य सम्पन्न भएको हो। निर्माण सम्पन्न सभाहलको कुल एरिया ३ दशमलव १९२ वर्गमिटर र टोटल फ्लोर एरिचा ७ दशमलव ४२९ वर्ममिटरमा रहेको छ। चार सय पेरिमिटर बराबरको कम्पाउण्ड वाल निर्माण गरिएको छ भने एक मुख्य प्रवेशद्धार र दुई वटा सहायक प्रवेशद्धार निर्माण गरिएको छ।

यस्तै, सभाहल ४ वटा ब्लग मिलि बनेको छ। ब्लग एकमा मल्टि प्रपोज हल तीन वटा रहेका छन्। जसमा पहिलो मल्टिप्रपोज हलमा १५० सिट क्षमता, दोस्रो मल्टिप्रपोज हलमा एक सय सिट क्षमता र तेस्रोमा ५० सिट क्षमता रहेका छन्। साथै पहिलो ब्लगमा ग्यालरी तथा महिला पुरुष ट्वाईलेट जस्ता संरचनाहरु रहेका छन्।

ब्लग दुईमा सिनेरी स्टोरेज रुम, जन्रल स्टोरेज रुम, पहिलो तलामा महिला पुरुष रिहर्शल रुम, ड्रेशिङ् रुम, पुरुष महिला शौचालय रहेको छ भने दोस्रो तलामा रिहर्शल रुम र शौचालय रहेको छ। ब्लग तीनमा भिआईपी रुम, प्रेस रुम, ओइटिङ रुम र पुरुष महिला शौचालय छ भने पहिलो तलामा प्रशासनिक कक्ष, पुरुष महिला ट्वाईलेट रहेको छ। जसमा सेन्सर सहितको युरिनल जडान गरिएको छ।

ब्लग चारमा सभाहलको मुख्य संरचना हो। जसमा भुईतला र बाल्कोनी गरी जम्मा ७८० सिट क्षमताको हल रहेको उनले बताए। जसमा मेन स्टेजसँगै डान्स सर्फेस र हाउस कर्टेनको व्यवस्था गरिएको छ भने सर्भीस कोरिडर, ग्यालरी सहित फुल्लि एचभिएसी सिस्टम र फायर फ्राईटनिङ् सिस्टमको व्यवस्था गरिएको छ।

यस्तै, क्यान्टिनको लागि पनि छुट्टै व्यवस्थापन गरिएको छ भने सौन्दर्यका लागि दुबो र विरुवाहरु रोपिएको छ। भवनका सम्पुर्ण ब्लगहरुमा आधुनिक प्रकारका बत्ति जडान गरिएका छन्। चट्याङ्बाट बचाउनका लागि लाईटिङ एरेस्टर समेत जडान गरिएको छ। यस्तै मुख्य सभाहलको सबै लाईटिङ सिस्टमहरु कन्ट्रोल रुमबाट मात्र कन्ट्रोल गर्ने व्यवस्था गरिएको छ। खानेपानीको समुचित प्रबन्ध मिलाईएको छ।

करिब एक सय मिटर गहिरो डिप बोरिङ्बाट पानी निकालिएको छ। पानी प्रशोधन केन्द्र पनि जडान गरिएको छ। यस्तै १ लाख लिटरको आरसीसी रिजर्भीयर ट्याङ्की निर्माण गरिएको छ भने ओभर हेड स्टोरेज ट्याङकी ५० हजार लिटर रहेको छ। यस्तै, सभाहल परिसरमा ११० वटा सवारी पार्किङ्ग गर्न सकिने व्यवस्था गरिएको छ भने दुई पाङ्ग्रे सवारी पार्किङको व्यवस्था गरिएको छ।

सभाहलको पूर्व पट्टीको भागलाई व्यापारी प्रयोजनका लागि खाली छोडिएको छ। यसबाट सभाहल सञ्चालनको लागि भविष्यमा आयआर्जन गर्न सकिने बताइएको छ । सभाहलको निर्माणबाट कर्णााली प्रदेश तथा सुर्खेत उपत्यकामा हुने सामाजिक, धार्मिक, आर्थिक एवम राजनीतिक सम्बन्धी सेमिनार गोष्टि तथा सम्मेलनको लागि प्रदान गरिएको छ। जसले गर्दा सुर्खेत उपत्यकाको गरिमा बढाएको छ।