समाजवादी प्रेस संगठनको वरिष्ठ उपाध्यक्षमा सुवेदी, उपमहासचिवमा एलन



काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) निकट समाजवादी प्रेस संगठनको वरिष्ठ उपाध्यक्षमा विश्वमणि सुवेदी चयन भएका छन्।

अध्यक्ष शम्भु श्रेष्ठको अध्यक्षतामा विहीबार सम्पन्न संगठनको बैठकले सुवेदीलाई वरिष्ठ उपाध्यक्षमा चयन गरेको हो। त्यस्तै संगठनका संस्थापक नेताहरू नरेन्द्र साउद, रामकुमार एलन र जीवन बिसीको पदीय व्यवस्थापनमा हेरफेर गरेको छ।

साउदलाई संगठनको उपाध्यक्ष, एलनलाई उपमहासचिव र बिसीलाई विधान मस्यौदाको जिम्मेवारी दिइएको छ। आगामी फागुन ७ मा राष्ट्रिय भेला आयोजना गर्ने निर्णयपछि उक्त संगठनको विवाद हल भएको हो।

संगठनको उपाध्यक्षमा अब वरिष्ठ उपाध्यक्ष सुवेदीसहित प्रकाश खतिवडा, शीतल साह,नरेन्द्र साउद, भवानी कर्की, बुद्धवीर बाहिङ राई, शान्तराम बिडारी, तीर्थराज सिग्देल, नवराज छतकुली, श्रीराम सिग्देल, विकास बन्जाडे, दुर्गा थापा र राजेन्द्र कुँवर रहेका छन्।

महासचिवमा भुपराज खड्का छन् भने उपमहासचिवमा एलनसहित, तेजप्रसाद वाग्ले र उर्मिला कुँवर छन्। कोषाध्यक्ष कृष्णराज गौतम र सचिवमा गोविन्दप्रसाद चौलागाई, सुभाषप्रसाद साह र उत्तरसिंह विष्ट छन्।