काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) ले राष्ट्रिय सभाका लागि ५ उम्मेदवारको नाम टुङ्गो लगाएको छ।
सोमबार दिउँसो बसेको केन्द्रीय सचिवालय बैठकले उम्मेदवारको नाम टुङ्गो लगाएको हो। सो पार्टीका प्रचार विभाग प्रमुख समेत रहेका नेता जगन्नाथ खतिवडाका अनुसार अनुसार प्रदेश १ बाट जयन्ती राई, बागमतीबाट गोमा तिमिल्सिना, लुम्बिनीबाट राजेन्द्रलक्ष्मी गैरे, कर्णाली प्रदेशबाट उदय बोहरा, र सुदूरपश्चिमबाट मदनकुमारी साह (गरिमा) लाई उम्मेदवार बनाउने निर्णय गरेको हो।
आगामी माघ १२ गते हुने निर्वाचनमा गठबन्धनका तर्फबाट १९ मध्ये ५ सिट नेकपा एकीकृत समाजवादीको भागमा परेको थियो।