जुम्ला। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले हड्डी रोग विषयमा स्नातकोत्तर तहमा अध्यापनका लागि अनुमती पाएको छ।
चिकित्सा शिक्षा आयोगले शैक्षिक सत्र २०७७/७८ का लागि चिकित्सा शिक्षाका स्नातकोत्तर तहका लागि सिट निर्धारण गरेसँगै प्रतिष्ठानले उक्त विषयमा अध्यापन गराउने अनुमती पाएको हो।
आयोगले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ५ सिट, ललितपुर नर्सिङ क्याम्पसमा २८, आयुर्वेद क्याम्पसमा २, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १६९, बिराट मेडिकल कलेजमा २५, चितवन मेडिकल कलेजमा १०६, किस्ट कलेजमा १२, कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पतालमा ४४, गण्डकी मेडिकल कलेजमा ४०, हिमालय आइ इन्स्टीच्युटमा ६, जानकी मेडिकल कलेजमा ४, कान्तिपुर डेण्टल कलेजमा ७, काठमाडौं मेडिकल कलेजमा ७४, काठमाडौं युनिभर्सिटी स्कुल अफ मेडिकल साइन्सेजमा ८८ सिट निर्धारण गरेको हो।
किस्ट मेडिकल कलेजमा ५६, लुम्बिनी मेडिकल कलेज तथा शिक्षण अस्पतालमा ३४, महाराजगञ्ज मेडिकल कलेजमा १३४, महाराजगञ्ज नर्सिङ क्याम्पसमा ३२, मणिपाल कलेज अफ मेडिकल साइन्सेजमा ३९, मनमोहन मेमोरियल इन्स्टीच्युट अफ मेडिकल साइन्सेजमा १४१, नेशनल मेडिकल कलेजमा ७३, नेप्लीज आर्मी इन्स्टीच्युट अफ हेल्थ साइन्सेजमा ५७, नेपालगञ्ज शिक्षण अस्पतालमा २७, नोबेल कलेजमा २५, नोबेल मेडिकल कलेज शिक्षण अस्पतालमा ६२, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ६५ सिट निर्धारण गरिएको छ।
पिपुल्स डेन्टल कलेज एण्ड हस्पिटल प्रा.लिमा १६, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ३३, पोखरा नर्सिङ क्याम्पसमा १५, पूर्वाञ्चल युनिभर्सिटी अफ स्कुल अफ हेल्थ साइन्सेजमा २०, स्कुल अफ हेल्थ एण्ड अलाइड साइन्सेजमा ४७, श्री मेडिकल एण्ड टेक्नीकल कलेज चितवनमा १०, युनिभर्सल कलेज अफ मेडिकल साइन्सेजमा ६९ र केयु स्कुल अफ साइन्सेजमा ५० सिट निर्धारण गरिएको छ।
प्रतिष्ठानका उपकुलपती डा. मंगल रावलले प्रतिष्ठानले हड्डी रोग सम्बन्धी ५ कोटाको लागि सम्बन्धन पाएको बताए। उनले सामाजिक सञ्जाल फेसबुकमार्फत यो सहित प्रतिष्ठानले विभिन्न १० ओटा कार्यक्रम सञ्चालनको अनुमती पाएको जानकारी दिएका हुन्।
यसअघि गत मंसिर २६ गते राष्ट्रपति विध्यादेबी भण्डारीले विधिवत रुपमा बिफार्म, बिएनएस, एमबिबिएस , बिएमयस लगायतका कार्यक्रमको उद्घाटन गरेकी थिईन्।
आइतबार आयोगको कार्यकारी समितिको बैठकले चिकित्सा शिक्षाका स्नातकोत्तर तहमा विभिन्न कार्यक्रम र विषयहरुका लागि विभिन्न शिक्षण संस्थामा गरी १ हजार ७१२ सिट निर्धारण गरेको हो।