काठमाडौँ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले २३६ जनाको केन्द्रीय कमिटी घोषणा गरेका छन्।
आइतबारको बन्दसत्रमा अध्यक्ष प्रचण्डले विभिन्न क्लष्टर मिलाएर २९९ मध्ये २३६ जनाको नाम हलमा प्रस्ताव गरेका हुन्। प्रचण्डको यो प्रस्ताव हलले पारित गरेमा प्रस्तावित नाम माओवादी केन्द्रीय सदस्यमा अनुमोदन हुनेछ । बाँकी केन्द्रीय समितिले मनोनित गर्नेछ।