कालिकोट। हुम्लाको नाम्खा गाउँपालिकाबाट सरुवा भई दैलेखको दुल्लु नगरपालिकामा आएका नेपाल प्रशासन सेवा समुह आलेप मदन बहादुर बुढालाई हाजिर हुन नदिएको भन्दै नेपाल निजामती कर्मचारी संगठनका केन्द्रिय सदस्य नवीनकुमार पाण्डेले आपत्ति जनाएका छन्।
बुढालाई हाजिर हुन नदिएको भन्दै केन्द्रिय सदस्य पाण्डेले संघीयताको मर्म र लोकतन्त्रको बिरुद्ध भएकोले आपत्ति देखाउँदै काम गर्ने वातावरण मिलाउन आग्रह गरेका छन्।
राष्ट्रसेवक कर्मचारीलाई सहज तरिकाले काम गर्ने वातावरण मिलाउन कर्मचारीको अधिकारलाई ध्यानमा राखेर केन्द्रिय सदस्य पाण्डेले ६ बुँदे ध्यानाकर्षण पत्र लेख्दै दुल्लु नगरपालिकालाई अनुरोध गरेका छन्।