सांसद निरौलासहित एमालेका सयौं नेता कार्यकर्ता एकीकृत समाजवादीमा



काठमाडौँ। नेकपा एमालेका नेता पुर्व केन्द्रीय सदस्य तथा संविधानसभाका सभाषद धर्मराज निरौला नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन्।

शनिबार निरौलासहित एमालेका विभिन्न तहका पाँचसय बढी नेता कार्यकर्ताहरु नेकपा एकिकृत समाजवादीमा प्रवेश गरेका हुन्। विद्रोह गरेका नेताहरुलाई नेकपा एसको विभिन्न कमिटीमा राखिने भएको छ। बिहिवार एमाले छाडेका नेता निरौलाले नेकपा एकिकृत समाजवादीको पोलिटव्युरो सदस्यको जिम्मेवारी पाएका छन्।

संविधानसभा सदस्य निरौला नेकपा एमालेको नवौ महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्य हुन्। कम्युनिष्ट पार्टीको स्थापनादेखि निरङकुशताविरुद्ध लडदै आएका नेता निरौलाले संद्यीय लोकतान्त्रीक गणतन्त्रमा प्राप्त उपलब्धीलाई केपी ओलीले ध्वस्त पारेको बताए।

उनले भने, ‘एमाले पार्टीलाई केपी ओलीले निजी कम्पनीका रुपमा अघि सारेका छन्। नेपालको कम्युनिष्ट आन्दोलनलाई दक्षिणपन्थी भासमा लगेका छन्। यस अवस्थामा हामीहरुले कम्युनिष्ट आन्दोलनलाई जोगाउनका निम्ति विद्रोह गर्नु परेको हो।’

नेता निरौलाले सुनसरी जिल्लामा एमालेभित्र रहेका सयौ नेता कार्यकर्ताहरु विद्रोह गरेर आफूसँगै नेकपा एसमा समाहित भएकाले जिल्लामा पहिलो नम्बरको पार्टीका रुपमा स्थापित गराउन भुमिका निर्वाह गर्ने बताए।