एकीकृत समाजवादी सुर्खेतको दोश्रो पूर्ण बैठक सम्पन्न



काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) सुर्खेत जिल्ला कमिटीको दोश्रो पूर्ण बैठक सम्पन्न भएको छ।

शुक्रबार एकीकृत समाजवादी सुर्खेतका अध्यक्ष मोहन बडुवालको अध्यक्षता तथा पार्टीका केन्द्रीय उपमहासचिव प्रकाश ज्वालाको प्रमुख आतित्थ्यतामा सम्पन्न भएको हो।

उक्त बैठकलाई पार्टी उपमहासचिव ज्वालासहित पार्टीका पोलिटब्युरो सदस्य कमरेड चन्द्र ब.शाही, प्रदेश अध्यक्ष कमरेड अम्मर ब. थापा, केन्द्रीय सदस्य तथा सुर्खेत जिल्ला इन्चार्ज शिव प्रसाद उपाध्यायलगायतका नेताहरुले सम्बोधन गरेका छन्। बैठकले संगठनात्मक र विभिन्न विषयमा निर्णय गर्ने बताइएको छ।