पाकिस्तानले चीनसँग २५ वटा जे–१०सी लडाकु विमान किन्ने



काठमाडौँ। पाकिस्तानले अब आफ्नो सेनालाई बलियो बनाउनेतर्फ लागेको छ।

भारतले राफेल लडाकु विमान किनेपछि अब पाकिस्तानले पनि चीनबाट २५ वटा जे–१०सी लडाकु विमान किन्ने भएको छ। यो सबै किसिमका मौसममा उडान भर्न सक्ने भारतीय सञ्चार माध्यमले बताएको छ।

यो जे–१० सीको २५ विमानको एक पुरै बेडा आगामी वर्ष पाकिस्तानमा आयोजना हुने एक समारोहमा हिस्सा लिने भएका छन्।

चीनको सर्वोत्कृष्ट लडाकु विमान मध्येको एक

पाकिस्तानका गृह मन्त्री शेख राशिद अहमदले बुधबार दिएको जानकारी अनुसार जे–१० सीको २५ वटा विमान आगामी वर्षको मार्च २३ मा पाकिस्तान दिवसको समारोहमा हिस्सा लिनेछन् । जे–१० सीलाई चीनको सर्वश्रेष्ठ लडाकू विमानमध्ये एक मानिन्छ ।

पाकिस्तानसँग अमेरिकाको एफ–१६ लडाकु विमान पनि

पाकिस्तानसँग पहिलेदेखि नै अमेरिकामा बनेको एफ–१६ वर्गका लडाकु विमान पनि छन् । यसैगरी चीनले आफ्नो अत्यन्त विश्वासिलो लडाकु विमानमध्येको एक जे–१० सी पाकिस्तानलाई दिएपछि यो एउटा ठूलो सहयोग भएको छ ।

गृह मन्त्री शेख राशिद अहमदले भने,‘पाकिस्तानमा पहिलो पटक २३ मार्चको सामारोहमा सहभागि हुन भिआईपी पाहुनाहरु आउदै हुनुहुन्छ । जे–१० को उडान विगतका समारोहमा आयोजित गरिदै आएको छ । पाकिस्तानी वायुसेना चीनको जेएसको उडान भर्न गइरहेका छन् ।’ चीनको २५ जे–१० सी लडाकु विमान भारतको राफेलको जवाफ भएको पनि उनले बताए ।