काठमाडौँ। सहरी विकासमन्त्री तथा नेकपा एकीकृत समाजवादीकी केन्द्रीय सचिव रामकुमारी झाँक्रीले तमु ल्होसारको अवसरमा शुभकामना व्यक्त गरेकी छन्।
विहिबार गुरुङ समूदायको राष्ट्रिय पर्व तमु ल्होसारका अवसरमा एक विज्ञप्ति जारी गर्दै मन्त्री झाँक्रीले शुभकामना सन्देश व्यक्त गरेकी हुन्। मन्त्री झाँक्रीले नेपाली संस्कृति, चाडपर्वको संरक्षण, प्रवद्र्धन र विकास गर्नु राज्यको दायित्व भएको बताएकी छन्।
शुभकामना सन्देश:
तमु (गुरुङ) समुदायको नयाँ वर्ष अर्थात २६०६ औं तमु ल्होसारको पावन अवसरमा गुरुङ समुदायका आमाबुबा, दिदीबहिनी तथा दाजुभाइप्रति सुस्वास्थ्य, सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।
तमु समुदायमा नयाँ वर्षको आगमनको खुशियालीमा विशेष उत्साह र उमङ्गका साथ मनाइने तमु ल्होछारले आफ्नै मौलिकता परम्परा र सांस्कृतिक महत्व राख्दछ। त्यसैले पनि हाम्रा संस्कृति र चाडपर्वको संरक्षण, प्रवद्र्धन र विकास गर्नु राज्यको पनि दायित्व हो।
तसर्थ, यस पर्वले तमु जाति लगायत सम्पूर्ण नेपालीहरूबीच सहिष्णुता र सद्भावको भावना जागृत होओस् र कोरोनाको जोखिमलाई पनि मध्यनजर गरेर तमु ल्होसार मनाउनु हुन सम्पूर्ण दाजुभाई तथा दिदीबहिनीहरुमा हार्दिक अपिल गर्दछु ।
रामकुमारी झाँक्री
मन्त्री
शहरी विकास