सुर्खेत। वीरेन्द्रनगर बजारमा रहेको स्व.राजा वीरेन्द्रको सालिक १६ वर्षपछि पुनः राखिएको छ।
२०६६/०६३ सालको जनआन्दोलनका क्रममा स्व. राजा वीरेन्द्रको सालिक आन्दोलनकारीले ढालेका थिए।
स्व. राजा वीरेन्द्रको सालिक राख्ने बिषयमा लामो समयदेखि विवाद हुँदै आएको थियो । एक पक्षले राख्नु पर्ने र अर्काे पक्षले राख्न नहुने विवादकै कारण सालिक स्थापना हुदैँ आएको थियो।
बुधबार दिउँसो स्वतन्त्र सुर्खेतीबासी जनता समूहले राजा वीरेन्द्रको सालिक राखेको हो । यो समूहको अगुवाइ गोरक्ष पिठादिस योगी बलभद्रको अगुवाइ युवाहरुको समूहले वीरेन्द्रचोकमा सालिका राखेको हो ।
सुर्खेतको वीरेन्द्रनगर बजार क्षेत्रको गुरुयोजना स्व.राजा वीरेन्द्रले नै बनाउन लगाएकाले उनको सालिक राख्नु परेको पिठादिस बलभद्रले बताए । स्व. राजा वीरेन्द्र वि.सं. २०२३ सालमा सुर्खेत भ्रमण आएका थिए । उक्त समयमा नै राजाले उपत्यका मन पराएकाले २०२९ सालमा सहरी योजनाविद् माधवभक्त माथेमाले नगरको गुरुयोजना बनाएका थिए ।
आफूले अति रुचाएको ठाउँ भएकाले वीरेन्द्रले गुरुयोजना कार्यान्वयन गर्न लगाएका थिए । राजाको शालिकसहित बीच बजारको चौकलाई वीरेन्द्रचोक नामाकरण गरिएको थियो । भारतको जयपुरबाट बनाएर ल्याइएको वीरेन्द्रको सालिक वि.सं. २०४३ सालमा राखिएको थियो।वीरेन्द्रसँगै आएकी रानी ऐश्वर्याले शालिकको अनावरण गरेकी थिइन्।
वीरेन्द्रनगरलाई गुरुयोजनासहितको सहर निर्माण गर्ने स्व.राजा वीरेन्द्रको सम्मानका यो सहरको नाम राखिएको कालीप्रसाद पाण्डे बताए । ‘२०२३ सालमा नै अञ्चलाधीश रामबहादुर रावलले त्यस खबतका युवराज वीरेन्द्रको नामबाट यसको नामाकरण गरेका थिए ।’ उनले भने,‘ त्यसबखत युवराजको नामबाट नामाकरण भएको यो नेपालकै पहिलो सदरमुकाम र पहिलो शहर पनि हो ।’
उनले भने,‘नेपालमा नगर पञ्चायतको संख्या थप्ने क्रममा २०३३ सालमा यसलाई नेपालको उन्नाइसौं नगर पञ्चायतको रुपमा पहिलो पटक नामाकरण गरिएको थियो र यो उन्नाइसौं नगर पञ्चायत हो पनि । तर यसको विकासको गति र पूर्वाधार विचार गर्दा हाल आएर यो नगर धेरै पछाडि छ ।’