बिर्तामोड। झापाका किसानहरु नेकपा (एकीकृत समावादी)मा संगठित भएका छन्।
बिर्तामोडस्थित जिल्ला कार्यालयमा आयोजित जिल्ला भेलामा सहभागी किसानहरुको भेलाले टंक पराजुलीको अध्यक्षतामा अखिल नेपाल किसान महासंघ गठन गरेको छ।
महासंघका केन्द्रीय सदस्य प्रेमसागर सापकोटाको अध्यक्षतामा भएको भेलामा महासंघका केन्द्रीय अध्यक्ष बलराम बास्कोटाले विशेष सम्बोधन गरेका थिए।
सो भेलालाई किसान महासंघका उपाध्यक्ष देवी बराल, महासचिव प्रमेश पोखरेल, पार्टीका केन्द्रीय सदस्य पुस्प पोखरेल, जिल्ला अध्यक्ष बेदराज रेग्मीले शुभकामना मन्तव्य दिएका थिए।
पराजुलीको अध्यक्षतामा गठन गरिएको भेलाले चेदानन्द निरौला, महेन्द्र पौडेललाई उपाध्यक्षमा, ताला मुर्मुलाई सचिवमा, देवीप्रसाद दङाल, राधाकृष्ण अधिकारी, भवानी गुरागाई लगायत ५१ सदस्यीय कमिटी गठन गरिएको पार्टीका केन्द्रीय सदस्य निलमणि बरालले बताए।