जुम्ला। नेपाली कांग्रेस जुम्लाका सचीव लक्ष्मण शाहीले यथास्थितिमा अमेरिकी सहायता कार्यक्रम एमसीसी पास गर्न नगर्न सुझाव दिएका छन्।
सोमबार सामाजिक संजाल फेशबुकमार्फत सचीव शाहीले कांग्रेस केन्द्रीय सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवालाई इंगित गर्दै उक्त सुझाव दिएका हुन्।
बहुमत नेपाली जनता एमसीसीको विपक्षमा रहेको बताउँदै नेता शाहीले यहाँभन्दा अघिका राष्ट्रघाती सम्झौता खारेज गर्न चुनौती दिएका छन्।
उनले लेखेका छन्, “सक्छौ भने कालापानी लिपुलेख लिम्पियाधुरा भू-भाग फिर्ता ल्याउ सकिदैन भने यथास्थितिमा रास्ट्रघाती एमसीसी चाहिँदैन ठूलदाई। जय नेपाल।”