काठमाडौँ। आख्यानकार सीमा पुरीको दोस्रो उपन्यास ‘अपरिचित’ विमोचन गरिएको छ।
शनिबार राजधानीको कपनस्थित एपेक्स लाइफ स्कुलमा एक कार्यक्रमका बीच उक्त पुस्तक विमोचन गरिएको हो। साहित्यकार मित्रलाल पंज्ञानीले उपन्यास अत्यन्त सुन्दर भाषा र शैलीमा लेखिएको र यसले मानवीय ब्यबहार देखाउने चेष्टा गरेको बताए।
त्यसैगरी अर्का समिक्षक मधुसूदन पाण्डेयले सीमाको लेखन र लगनको प्रशंसा गर्दै साहित्य क्षेत्रमा लेखिकाको सुन्दर भविष्य रहेका धारणा राखे। प्रमुख अतिथिका रुपमा बोल्दै प्रा.डा.रामप्रसाद ज्ञवालीले भने, ‘लेखाइ सुन्दर छ। सामाजिक कथामा आधारित छ। तर परिमार्जन गर्न सकिने ठाउँ छ।’
उक्त कार्यक्रममा विशेष अतिथिका रुपमा अभिनेत्री सरिता लामिछाने, बरिष्ठ सञ्चारकर्मी पुरुषोत्तम दाहाल, सूर्य बिसी लगायतले मन्तव्य राखेका थिए भने लेखिका सीमा पुरीले रचना गर्भ सुनाएकी थिइन्। यस अघि उनको पहिलो उपन्यास परीले पनि पाठकको माया पाएको थियो।
बिएन पुस्तक संसार प्रालिद्धारा आयोजित उक्त कार्यक्रमको सभापतित्व भिमा देवी पाण्डेयले गरिकी थिइन् भने सञ्चालन शशी शर्मा मजगैंयाले गरेका थिए। पुस्तकको बजार मूल्य ३८५ रहेको छ।