काठमाडौँ। नेकपा एकीकृत समाजिवादी निकट अनेरास्ववियूले नेपाल ल क्याम्पसमा कमिटी गठन गरेको छ।
शनिबार निराजन थापाको अध्यक्षतामा ३५ सदस्यीय क्याम्पस कमिटी गठन गरिएको हो। अनेरास्ववियूका केन्द्रीय उपाध्यक्ष हिरेन्द्र शाहीको प्रमुख आतिथ्यमा आयोजित एक कार्यक्रममा थापा क्याम्पस कमिटी अध्यक्ष चयन भएका हुन्।
कमिटीको उपाध्यक्षमा सिम्रन वनेम र सागर भण्डारी, सचिवमा राहुल रजक र कोषाध्यक्षमा सरस्वती राई रहेका छन्। अनेरास्ववियूका उप महासचिव नरेश न्यौपानेको समन्वयमा अखिलले क्याम्पस कमिटी निर्माण गरेको हो।