एमाले गफाडिहरुको जमात हो: अध्यक्ष नेपाल



काठमाडौँ। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले नेकपा एमाले गफाडिहरुको जमात भएको टिप्पणी गरेका छन्।

सल्यान जिल्ला कमिटीले आयोजना गरेको वृहत कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपाली उक्त दाबी गरेका हुन्। बाँकेका पार्टी उप-सचिव समाजवादीमा प्रवेश गरेको प्रसँगलाई स्मरण गर्दै भनेका छन्, ‘एमाले गफाडिहरुको जमात हो। त्यहाँ ‘बा’ भन्नेहरुलाई मात्रै ठाउँ छ। अरु जम्मै निस्सासियर बसिरहेका छन्। लोकतन्त्रको कुनै महसुस छैन।’

उनले अगाडि भने, ‘मदन भण्डारीले भनेझैं कुराले चिउरा भिज्दैन, चिउरा भिजाउन कि दहि चाहिन्छ, कि पानी। त्यसैले अ‍ोलीका गफले देश बन्दैन। अब जनताले हाम्रो पार्टीलाई अनुमोदन गर्नेछन्। जनताको प्रिय पार्टीका रुपमा स्थापना गर्न चाहान्छौं। कलम चिन्ह बोकेर तपाईंको बीचमा आएका छौं। कलम विद्धता र विवेकको प्रतिक हो। ज्ञानको प्रतिक पनि हो। विद्रोहका अक्षरहरु, क्रान्तिका सन्दर्भहरु लेख्ने कलम हो। त्यसैमा कर्णाली विद्रोहको जन्मभूमि हो। यहि कर्णालीबाट विद्रोह सुरु भएको थियो। उक्त विद्रोहको नेतृत्व प्रकाश ज्वालाले गर्नु भएको थियो। उहाँ यहि हुनुहुन्छ। अम्मर थापा यहि हुनुहुन्छ।’

अध्यक्ष नेपालले देशभर एकीकृत समाजवादीमा जोडिनेहरुको जनलहर बढिरहेको बताए। सल्यानकी जनताले गफका पछि लाग्न नहुने भन्दै कम्युनिष्ट आचरण र विचारका आधारमा अघि बढ्न अनुरोध गरे।