काठमाडौँ। काठमाडौंको रत्नराज्यलक्ष्मी क्याम्पसमा शिक्षकमाथि कुटपिट गर्ने विद्यार्थी कुवेर जेठारा निष्कासनमा परेका छन्।
गत मंगलबार स्नातक तह प्रथम वर्षको आन्तरिक परीक्षा चलिरहेको बेला स्नातक तह दोस्रो वर्षमा अध्यनरत विद्यार्थी जेठाराले परीक्षाहलभित्र प्रवेश गरी शिक्षक प्रकाश पुडासैनीमाथि कुटपिट गरेका थिए। कु६पिटको विरोधमा रत्नराज्य लक्ष्मी क्याम्पसका शिक्षकहरुले पढाइ बन्द गर्ने निर्णय गरेका थिए।
आन्तरिक परीक्षासँग असम्बन्धित विद्यार्थी परीक्षा हलमा प्रवेश गरी प्राध्यापकमाथि सांङ्घातिक आक्रमण गरेको र शैक्षिक वातावरणमा खलल पुर्याएकाले निष्कासन गरेको क्याम्पस प्रमुख जीवनधर ज्ञवालीले बताए। जेठारामाथि कानुनी कारबाही पनि अघि बढाइएको क्याम्पस प्रमुख ज्ञवालीले जानकारी दिए।