काठमाडौँ। नेकपा एमाले निकट अनेरास्ववियु स्थायी कमिटी सदस्य अर्जुन वाग्लेसहित एक दर्जन नेता कार्यकर्ता नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन्।
साथै पोखरा विश्वविद्यालय इन्चार्ज मनोज दाहाललगाए अनेरास्ववियुको विभिन्न कमिटीमा आवद्ध रहेका एक दर्जन भन्दा अनेरास्ववियुका विद्यार्थी नेताले नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववियूमा प्रवेश गरेका छन्। नेपाली कांग्रेस निकट नेविसंघबाट पनि प्रवेश गरेका छन्।
नव प्रवेशीलाई नेकपा एकीकृत समाजवादी पार्टी पोलिट् व्यूरो सदस्य एवं विद्यार्थी संगठन इन्चार्ज रामकुमार भट्टराई, अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुली, अनेरास्ववियू उपाध्यक्ष हिरेन्द्र शाही, महासचिव आरती लामालगाएले स्वागत गरेका छन्।