काठमाडौँ। नेकपा एमाले बाँकेका उपसचिव प्रमोद धिताल नेकपा एकीकृत समाजवादी प्रवेश गरेका छन्।
एक विज्ञप्ति सार्वजनिक गर्दै धितालले आफू अब नेकपा एकीकृत समाजवादीमा आवद्ध भएको बताएका हुन्। समाजवादी प्रवेश गर्दै धितालले भने,‘एमालेमा रहेका बाँकि साथीहरुलाई पनि क्रान्तिकारी पार्टी समाजवादीमा आउन अनुरोध गर्दछु।’
प्रमोद धिताल दशबुँदे सहमति पश्चात एमालेका जिल्ला उपसचिव बनेका थिए। विगत लामो समय देखि बाँकेको कम्युनिस्ट आन्दोलनमा अग्रणी भुमिका खेल्दै आएका धितालले केपी ओलीले एमालेलाई विधी र विधान विपरीत चलाउन खोजेको तथा दक्षिणपन्थी अवसरवादको भासमा डुवाउदै लगेको आरोप लगाए।
उनले भने, ‘एमाले व्याक्तिवादी प्रवृतिले ग्रसित भएकोले कम्युनिस्ट आन्दोलनका प्रमुख व्यक्तित्व माधव कुमार नेपालले नेतृत्व गरेको पार्टी आवद्ध हुने घोषणा गर्दछु।’