नरहरिनाथ गाउँपालिकामा अनेरास्ववियूको गाउँ कमिटी गठन



कालिकोट। नेपाल कम्युनिस्ट पार्टि (एकीकृत समाजवादी) निकट भ्रातृ संगठन अनेरास्ववियूको नरहरिनाथ गाउँ कमिटी गठन गरिएको छ।

अनेरास्ववियू गाउँ कमिटीको अध्यक्षमा सरोज भण्डारालाई चयन गरिएको छ। भण्डाराको अध्यक्षतामा ३१ सदस्यीय गाउँ कमिटि गठन गरिएको छ। बुधबारको भेलाले उपाध्यक्षमा गौरी शाही, नन्दा बुढा र गंग नेपालीलाई चयन गरेको छ।

त्यस्तै संगठनको सचिवमा अनिल बुढा, सहसचिवमा मनोज बिष्ट र कार्यालय सचिवमा प्रकाश बुढा चयन भएका छन्।  अनेरास्ववियू कालिकोटका उपाध्यक्ष रोशन बिष्टको सभाध्यक्षता तथा कर्णाली प्रदेश कमिटी सदस्य एवं नरहरिनाथ गाउँपालिकाका ईन्चार्ज धीरबहादुर बिष्टको प्रमुख आतित्थ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रममा जिल्ला कमिटी सचिवालय सदस्य अशोक शाही र जिल्ला कमिटि सदस्य तथा नरहरिनाथ गाउँ कमिटी अध्यक्ष गंग बहादुर बुढा, जिल्ला कमिटी सदस्य हिरा बटालाको विशेष उपस्थिति रहेको थियो।