एमाले अवरोधबीच प्रतिनिधिसभामा ४ अध्यादेश स्वीकृत



काठमाडौँ। प्रतिनिधिसभामा प्रमुख प्रतिपक्ष दल एमालेको विरोधका बीच चार अध्यादेश स्वीकृत भएको छ। गृहमन्त्रीका तर्फबाट सूचना तथा सञ्चार, प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पेस गरेका अध्यादेशहरु स्वीकृत भएको हो।

‘नेपाल प्रहरी र प्रदेश प्रहरी(कार्यसञ्चालन, सुपरिवेक्षण र समन्वय पहिलो संशोधन) २०७८’, ‘तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश, २०७८’, ‘समाजिक सुरक्षा पहिलो संशोधन)अध्यादेश, २०७८’ र ‘रेल्वे अध्यादेश,२०७८’ स्वीकृत भएको हो।

बैठकमा चारवटै अध्यादेशमाथि नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले विरोधको सूचना प्रस्तुत गरेका थिए। तर सो प्रस्ताव बहुमत अस्वीकृत भएको थियो। सभामुख अग्निप्रसाद सापकोटाले बैठक सुरु गर्ने बित्तिकै एमाले सांसदहरुले विरोध गरेका थिए।