‘केपी ओलीसँग बालुवाटारबाट बाल्कोट पुग्न परेको छट्पटी बाँकी छ’



काठमाडौँ। सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले केपी ओलीमा बालुवाटारबाट बाल्कोट पुग्नु परेको छटपटाहट बाँकी रहेको दाबी गरेकी छन्।

मंगलबार प्रसारित प्राइमटाइम टेलिभिजनको एक अन्तरवार्तामा नेकपा (एकीकृत समाजवादी) कि पार्टी सचिवसमेत रहेकी मन्त्री झाँक्रीले भनेकी छन्, ‘केपी ओली १०/२० वर्षसम्म सत्ताको रजगज हातमा लिन्छु भन्नेमा थिए। लोकतन्त्र, संविधान हातमा लिन खोजेका थिए। त्यो हुन दिएनौं। अहिले कति छटपटि भएको होला।’

मन्त्री झाँक्रीले आगामी निर्वाचनसम्म गठबन्धनको सरकार कायम रहने बताएकी छन्। अन्तरवार्ताका क्रममा उनले तीन वटै तहको निर्वाचन गठबन्धनको सरकारले नै गर्ने ठोकुवासमेत गरेकी छन्।

उनले भनेकी छन्, ‘एमसीसीको बारेमा अघिल्लो सरकारले संसदमा प्रस्ताव लिएको छ। यो सरकारले केही गर्नुपर्दैन। सभामुखले टेबुल गर्नुभयो भने सांसदहरुले आफ्नो मत दायर गर्छन्। एमसीसीका कारण वर्तमान गठबन्धन भत्किने कुनै कारण छैन।’

भिडियो हेर्नुहोस्