काठमाडौँ। नेकपा एमाले नरहरिनाथ गाउँपालिका एक दर्जन नेता कार्यकर्ताले नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गरेका छन्।
नेकपा (एकीकृत समाजवादी) नरहरिनाथ गाउँपालिकाको तेस्रो बैठकमा मंगलबार एमाले परित्याग गरेर एक दर्जनभन्दा बढी कार्यकर्ताले प्रवेश गरेका हुन्।
कार्यक्रममा नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा कालिकोटका सह-इन्चार्ज तुलाराज सिम्खडाको प्रमुख आतित्थ्यता रहेको थियो। त्यस्तै नेकपा एकीकृत समाजवादीका जिल्ला कमिटी अध्यक्ष विश्वराज बम, उपाध्यक्ष चित्रसिंह गाउँले, गाउँपालिका इन्चार्ज धिर बहादुर विष्ट, उप-सचिव दानबहादुर सहकारी, निर्वाचन क्षेत्र (ख) का अध्यक्ष अग्रबहादुर बोगटीलगाएतका नेता कार्यकर्ताहरुको सहभागीता रहेको थियो।
नरहरिनाथ गाउँकमिटी अध्यक्ष गंगबहादुर बुढाको अध्यक्षतामा तेस्रो पुर्ण बैठक सम्पन्न भएको हो। एमाले परित्याग गरि समाजवादीमा प्रवेश गर्नेहरुलाई पार्टीका नेताहरुले स्वागत गरेका हुन्।
तस्बिर: खग्रेन्द बुढा