काठमाडौँ। साफ फुटबलमा उपविजेता बनेको राष्ट्रिय फुटबल टिमका सदस्यलाई सरकारले नगद सहिद सम्मान गरेको छ।
सरकारले साफ फुटबलको उपविजेता बनेको राष्ट्रिय फुटबल टिमका सदस्यलाई ५ लाख नगद सहित सम्मान गरेको हो। युवा तथा खेलकुद मन्त्रालयले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले टोलीलाई सम्मान गरेका थिए।
सरकारले साफमा उपविजेता बनेको राष्ट्रिय फुटबल टिमका खेलाडीलाई जनही ५ लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेको थियो। सरकारले खेलाडीहरुलाई ५ लाख र तीन जना प्रशिक्षकलाई जनही ३ लाख र अफिसियललाई प्रमाणपत्र सहित सम्मान गरेको हो।