चिट चोर्न नदिएको भन्दै आरआरका विद्यार्थीले शिक्षक कुट



काठमाडौँ। रत्नराज्यलक्ष्मी क्याम्पस (आरआर) काठमाडौंका एक जना विद्यार्थीले पक्षिमा चित चोर्न नदिएको झोकमा शिक्षकलाई निर्घात कुटपिट गरेका छन्।

मंगलबार क्याम्पसको आन्तरिक परीक्षामा चिट चोर्न नदिएको भन्दै परिक्षार्थी कुवेर जेठाराले शिक्षकमाथि कुटपिट गरेका हुन्।

कुटपिटबाट क्याम्पसका शिक्षक प्रकाश पुडासैनी घाइते भएका छन्। आरआरका कर्मचारी केवी साउदका अनुसार उनको मोडल अस्पतालमा उपचारपछी घर लगिएकाे छ।

बीए दोस्रो वर्षमा अध्ययनरत जेठारा बझाङका हुन्। उनी एमाले निकट अनेरास्ववियुसँग नजिक छन्। हालै एमालेका केन्द्रीय सदस्यमा मनोनित भएका ऐन महरका नजिकका पात्र मान्छिन्।