‘खोल्नु अघि मनको तगारो बुझ्नु पर्थ्यो’



गजल
को पराई हो, अनि को आफ्नो बुझ्नु पर्थ्यो।
खोल्नु अघि मनको तगारो बुझ्नु पर्थ्यो।
तिमिले दुखायौ भनेर गुनासो छैन ,
काँडाको काम नै घोँच्नु हो बुझ्नु पर्थ्यो।
साथी, मनलाई बुझाउनु भन्नु अघि
सानो चोटले होइन दुखेको बुझ्नु पर्थ्यो।
मलाई मेरो दुःखमा, छोडेर जानु हुनेले,
हरेक रात पछि हुन्छ उज्यालो बुझ्नु पर्थ्यो।
  कुसुम समर्पण
गुल्मी, हाल जापान