माओवादी केन्द्रको बागमती प्रदेश अध्यक्षमा सरल सहयात्री निर्वाचित



काठमाडौँ। नेकपा माओवादी केन्द्रको बागमती प्रदेश कमिटीको अध्यक्षमा सरल सहयात्री पौडेल निर्वाचित भएका छन्।

सोमबार भएको मतदानमा पौडेलले दिनानाथ गौतमलाई पराजित गरेका हुन्। पौडेलले १६२ मत ल्याउँदा गौतमले ८६ मत मात्र ल्याउन सके।

त्यस्तै तीन वटा पद रहेको उपाध्यक्षमा रुपा महर्जन, रामप्रसाद ढुंगाना र प्रेम बहादुर पुलामी विजयी भएका छन्। उपाध्यक्ष पदमा १० जना उम्मेदवार रहेका थिए। यता सचिव पदमा इन्द्र बहादुर थिङ निर्वाचित भएका छन्।

तीन पद रहेको सहसचिव पदमा दलबहादुर बुर्लाकोटी, माधव प्रसाद लामिछाने र प्रकाश श्रेष्ठ निर्वाचित भएका छन्। कोषाध्यक्षमा संगीता भट्टराई निर्वाचित भएकी छन्।