भोजपुर। अनेरास्ववियूका केन्द्रीय अध्यक्ष सुदेश पराजुली एमाले पार्टी नामको केपी ओली झुण्ड पतनको दिशामा हिडिरहेको दाबी गरेका छन्।
आइतबार अनेरास्ववियू युवा संघ नेपाल भोजपुरको संयुक्त भेलालाई सम्बोधन गर्दै अध्यक्ष पराजुलीले उक्त दाबी गरेका हुन्। साथै उनले नेपाली कम्युनिस्ट आन्दोलनमा केशरजंग रायमाझी पछि केपी ओली लाल गद्दारका रूपमा देखा परेको बताए।
अध्यक्ष पराजुलीले भने, “कम्युनिस्ट पार्टीको झन्डा भारतीय रप्रमुख सामन्त गोएलको पाउमा चढाएर कम्युनिस्ट पार्टी मास्ने काम केपि ओलिबाट भयो। केपी ओली रायमाझी पछिका गद्दार हुन्। यो बेला कम्युनिस्ट आन्दोलन थप एकता हुन र शशक्त बनाउन अहिलेको आवश्यकता हो।”
उनले अगाडि भने, “भोजपुरमा दुई मुख्यमन्त्री एउटा क्रान्ति झण्डा बोक्ने भए । राजेन्द्र राई जस्ले क्रान्ति झन्डा बोक्नु भयो। निर्वतमान शेरधन राई मुख्यमन्त्री बने। उनी गद्वार ओलीको शरण परेर पतन भए। ओलीसँगै कमल थापा राजेन्द्र लिङ्देनको बाटोमा छन्।”
नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) निकट जनसंगठन अनेरास्ववियू र युवा संघ नेपाल भोजपुरको संयुक्त भेला सप्पन्न भएको छ।
भेलाबाट अनेरास्ववियू भोजपुर जिल्ला कमिटीको अध्यक्ष प्रकाश सिंह राईको नेतृत्वमा ५१ सदस्यीय जिल्ला कमिटी गठन गरेको छ। त्यस्तै युवा संघ नेपाल भोजपुर जिल्ला कमिटी अध्यक्षमा मन्दिप तामाङको नेतृत्वमा २०१ सदस्यीय कमिटी निर्माण भएको छ। भेलालाई सम्बोधन गर्न युवा संघका अध्यक्ष नरेश शाही भोजपुर पुगेका थिए।