काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) निकट समाजवादी शैक्षिक परामर्श ब्यवसायी मञ्चको अध्यक्षमा प्रकाश पाण्डे चयन भएका छन्।
आइतबार राजधानीको बागबजार स्थित होटेल हार्दिकमा संयोजक राजेन्द्र बरालको अध्यक्षता तथा पुर्व प्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) पार्टी अध्यक्ष माधव कुमार नेपालको प्रमुख आतित्थ्यतामा सम्पन्न भएको हो।
नेपाल राष्ट्रिय उद्योग ब्यबसायी महासंघ आवद्ध समाजवादी शैक्षिक परामर्श ब्यबसायी मंचमा अध्यक्ष प्रकाश पाण्डेको नेतृत्वमा ५१ सदस्यीय कमिटी तथा उद्योग ब्याबसाय बिशेष जिल्ला कमिटी अन्तर्गत शैक्षिक परामर्श ईलाका कमिटी मा नारायण देबकोटाको अध्यक्षता २१ सदस्यीय र शैक्षिक परामर्श शाखा कमिटी मा आशिक कार्की को अध्यक्षतामा २१ सदस्यीय कमिटी निर्माण भयो।
अतिथिमा नेपाल राष्ट्रिय उद्योग ब्यबसायी महासंघ उपाध्यक्ष द्वय मदन कुमार आचार्य र हरीकृष्ण ठकुरी को उपस्थित रहेको थियो । आजको कार्यक्रम संचालक केन्द्रिय शिक्षा बिभाग सदस्य तथा उद्योग ब्यबसाय बिशेष जिल्ला कमिटी सचिवालय सदस्य प्रकाश पाण्डे ले संचालन गरेका थिए।