समाजवादी प्रेस संगठन नेपाल, कालिकोट गठन



कालिकोट। नेकपा (एकीकृत समाजवादी) निकट समाजवादी प्रेस संगठन नेपाल कालिकोटको जिल्ला कमिटी गठन गरिएको छ।

किरण अधिकारीको नेतृत्वमा संस्थापक जिल्ला कमिटी घोषणा गरिएको हो। आइतबार अधिकारीको नेतृत्वमा छत्र रोकामगर र नामाखर उपाध्याय उपाध्यक्ष चयन भएका छन्। त्यस्तै सचिवमा जीवन देवकोटा, सहसचिवमा तारा सार्की र पवन शाही चयन भएका छन्।

त्यस्तै सदस्यमा धिरज शाही, पुस्पिला रोकाया, यज्ञराज शाही, हस्त सुनार, रोशन बिष्टलगायत २५ सदस्यीय जिल्ला कार्य समिति गठन गरिएको समाजवादी प्रेस संगठन नेपालका केन्द्रीय सदस्य खडानन्द अधिकारीले जानकारी दिएका छन्।