जुम्ला। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा कार्यरत स्टाफ नर्स अनुपमा श्रेष्ठको निधन भएको छ।
बाँकेको कोहलपुर ३ कि श्रेष्ठ २०५२ जेठ १९ गते शुक्रबार जन्मेकी थिइन्। संयोग पुस २ गते शुक्रबारमै उनले धर्ती छोडेकी छन्। सात महिना अगाडि स्टाफ नर्सको रुपमा प्रतिष्ठानमा पुगेकी थिइन्।
शुक्रबार २ गते प्रतिष्ठानमा आफ्नो बिहानी सिफ्टको डिउटी सकेर जुम्ला बजारमा रहेको सिटिजन्स बैंकको बाथरुममा नुहाउन गएकी श्रेष्ठ बाथरुममा बेहोस् अवस्थामा भेटिएकी थिइन्।
बैंकका मेनेजर महेश शाहीसँग सामान्य चिनजान भएको कारण अन्य दिनमा पनि आइरहने र गिजर चलाएर नुहाउने गरेको मेनेजर शाहिले बताए।
शाहीका अनुसार साथीको बहिनीको नाताले आउने जाने गर्थिन्। तर, हिजो गिजरमा नुहाउन आएकी थिइन् ४५ मिनेटपछि ढोका फुटाउनु पर्यो र बेहोस् देख्दा अस्पताल लगेका हौं बाथरुममा नग्न अबस्थामा थिइन् र हामीले ज्याकेट लगाइदिएर प्रतिष्ठान पुर्यायका हौं।’
यता प्रतिष्ठानको रिपोर्टअनुसार गिजरले मार्ने कारण नभेटिएको बताएको छ। यो घटना प्रहरीको इन्भेस्टिगेसनमा गैसक्यो सबै अनुसन्धानले बताउला। तर, नर्मल रिपोर्टअनुसार कार्बन मोनोअक्साइडको इफेक्ट नदेखिएको प्रतिस्ठानका एक जना चिकित्सकले कणाली सन्देशलाई बताए।
प्रतिस्ठानको उर्जाशील कर्मचारी गुमायौं। उपकुलपती रावल प्रतिस्ठानका उपकुलपती डा.मंगल रावलले प्रतिठानले एक उर्जासिल कर्मचारि गुमकोले प्रतिठानलाई अतुलनिय क्षती पुगेको बताए।
आईतबार प्रतिस्ठानमा शोक सभा हुने रजिस्टार महत प्रतिस्ठानका रजिस्टार नृपेन्द्र महतले मिर्तक अनुपमा श्रेस्ठको सम्झनामा आइतबार ४ गते प्रतिस्ठानमा शोक सभा गरिने बताए। इमान्दार र कर्तव्यनिस्ठ कर्मचारी श्रेस्ठको सम्झनामा सबै कर्मचारीको उपस्थितिमा शोक सभा गरिने महतले बताए। मृतक श्रेस्ठका बुवा आमा र काका जुम्ला पुगेर लास बुझि सकेका छन्।