सहमहामन्त्रीमा दलिततर्फ जीवन परियार निर्वाचित



काठमाडौँ। नेपाली कांग्रेसको सहमहामन्त्रीमा दलिततर्फ जीवन परियार निर्वाचित भएका छन्।

बिहीबार राति सकिएको मतगणनामा मानबहादुर विश्वकर्मालाई ३७ मतान्तरले पराजित गर्दै जीवन निर्वाचित भएका हुन्।

डा.शेखर कोइरालाको प्यानलका उम्मेदवार बनेका उनले २२१५ मत पाएका छन् भने सभापति शेरबहादुर देउवाको प्यानलबाट उम्मेदवार बनेका मानबहादुरले २१७५ मत मात्र पाए। यस्तै गंगा सुनारको मत २२९ छ। त्यस्तै कांग्रेस सहमहामन्त्रीमा महिलातर्फ महालक्ष्मी उपाध्याय डिना निर्वाचित भएकी छन्। प्रतिद्वन्द्वी कमला पन्तलाई ४२८ मतान्तरले हराउँदै उपाध्याय निर्वाचित भएकी हुन्।

डिनाले २ हजार ५३३ मत पाइन् भने पराजित भएकी पन्तले २ हजार १०५ मत पाएको निर्वाचन समितिका एक सदस्यले बताए। विजयी उम्मेदवारको औपचारिक घोषणा बाँकी छ।

उपाध्याय देउवा पक्षबाट उम्मेदवारी दिएकी थिइन्। सहमहामन्त्रीको केन्द्रीय कार्यालय सानेपामा जारी मतगणनामा आदिवासी जनजाति र दलिततर्फको अन्तिम नतिजा केहीबेरमा सार्वजनिक गर्ने तयारी रहेको निर्वाचन समितिले जनाएको छ।