काठमाडौँ। नेपाली काँग्रेसको महामन्त्रीमा गगन थापा विजयी भएका छन्।
४ हजार मत गन्दा उनले २५८१ मत कटाएका छन् । अब ७ सय मत गन्न बाँकी छ।
७ सय मत प्रतिष्पर्धीमध्ये तेस्रो स्थानका डा. प्रकाशशरण महतले सबै लाँदा पनि गगनलाई उछिन्न सक्दैन। प्रकाशरणको १३२७ मत छ।
थापाको विजयको औपचारिक घोषणा हुन भने बाँकी छ। थापा काँग्रेसका लोकप्रीय नेता हुन्।
१३औं महाधिवेशनमा पनि थापा महामन्त्रीका उम्मेदवार थिए। उनी कृष्णप्रसाद सिटौलाको प्यानलबाट उम्मेदवार बनेर पराजित भएका थिए। यसपटक थापा शेखर कोइरालाको प्यानलबाट उठेका थिए।