महामन्त्रीमा हार्ने देखेपछि मन्त्रीबाट राजिनामा



काठमाडौँ। रक्षामन्त्री मीनेन्द्र रिजालले आफू हार्ने निश्चित भएपछि राजीनामा दिने घोषणा गरेका छन्।

कांग्रेसको १४ औँ महाधिवेशनमा महामन्त्री पदमा उठेका रिजाल मतगणनामा पछि परिसकेका छन्। उनले आफूले उक्त पदमा जित निकाल्न नसक्ने देखिएको भन्दै राजीनामा दिने घोषणा गरेका हुन्।

ट्विटरमा उनले भनेका छन्, ‘नेपाली काङ्ग्रेसको चौधौं महाधिवेशनमा मैले प्रतिस्पर्धा गरेको महामन्त्री पदको प्रारम्भिक परिणामबाट नै स्पष्टरूपमा प्राप्त सन्देशलाई दृष्टिगत गर्दै रक्षामन्त्रीको पदबाट राजीनामा दिने निर्णय लिएको छु।’

उनले अन्तिम परिणाम प्राप्त हुनासाथ प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष राजीनामा पेश गर्ने घोषणा गरेका हुन् । जारी मतगणनामा अहिलेसम्म गगन थापा र विश्वप्रकाश शर्मा अगाडि देखिएका छन् भने रिजाल पुछारतिरबाट दाेस्राेमा रहेका छन्।