नरहरिनाथ गापा वडा नम्बर ९ मा २३७ वटा धारा निर्माण



कालिकोट। जिल्लाको नरहरिनाथ गाउँपालिका वडा नम्बर ९ मा २३७ खानेपानि धारा हस्तान्तरण गरिएको छ।

एकीकृत जलस्रोत व्यवस्थापन कार्यक्रम वार्म पी हेल्भेटास स्विस ईन्टरकोअपरेशन नेपालको आर्थिक सहयोगमा नरहरिनाथ गाउँ पालिकाको साझेदारिमा र हुरेन्डेक नेपाल कालिकोटको सामाजिक तथा प्राविधिक सहयोगमा उक्त संख्यामा धारा निर्माण भएका हुन्।

नरहरिनाथ गाउँपालिका वडा नम्बर ९ को तल्लो रानिरहडा खानेपानी तथा सरसफाई आयोजनामा २३७ घर धुरिमा २३७ वटै धारा निर्माण भैइ हिजो बुधबार औपचारिक कार्यक्रमबीच समुद्घाटन गरिएको छ।

उक्त कार्क्रमको अध्यक्षता उक्त आयोजनाको अध्यक्ष कालो सार्कीले गरेका थिए। प्रमुख अतिथि नरहरिनाथ गापा अध्यक्ष धिरबहादुर बिष्टको उपस्थिति रहेको थियो।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद आचार्य, डीएसपी सिद्धराज न्याउपाने, अनुसन्धानका डीएसपी राम शाह, खानेपानी सिचाई तथा उर्जा विकास कार्यालएका प्रतिनिधि देवानन्द धिताल, हेल्भेटास नेपालका टिम लिडर मदन राज भट्ट, सामाजिक विकास अधिकृत निलकन्ठ पान्डे, वास सन्योजक नरजङ शाही लगाएत हुरेन्डेक नेपालका उपाध्यक्ष वीरेन्द्र बुढाको पस्थिति रहेको थियो।