सुर्खेत। नेकपा माओवादी केन्द्र कर्णाली प्रदेशको अध्यक्षमा विमला केसी निर्वाचित भएकी छिन्। कर्णाली प्रदेशको प्रथम अधिवेशनबाट केसीको अध्यक्षतामा २११ सदस्यीय कमिटी निर्वाचित भएको माओवादी केन्द्रले जनाएको छ।
अन्य पदाधिकारीको अझैँ टुंगो लागेको छैन। नौसदस्यीय पदाधिकारीमा धेरै आंकाक्षी रहेकाले पदाधिकारी चयनमा समस्या भएको बताइएको छ। २११ जनाको बैठक बसेर बाँकी पदाधिकारी चयन गर्ने एक नेताले बताए। ‘सहमति हुन सकेन भने पार्टी अध्यक्षले नेतृत्व चयन गर्नुहुनेछ,’ ती नेताले भने, ‘सकभर यहीँ सहमति खोज्ने प्रयास हुनेछ।’