काठमाडौँ। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले समाज परिवर्तनको झण्डा युवा विद्यार्थीहरूले उठाउनुपर्ने बताएका छन्।
अनेरास्ववियूले सोमबार राजधानीमाआयोजना गरेको ‘एप्स’ सार्वजनिक कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले प्रविधिको युग अनुसार अघि बढ्नुपर्ने बताए। आफ्नो पार्टीको नेता तथा सरकारका श्रममन्त्रीले ‘एप्स’ निर्माण गरेर सेवा प्रदान गरिरहेकाे जानकारी दिए। उनले विश्वमा हाल प्राविधिक विकासको प्रतिस्पर्धा जारी रहेको बताए।
अध्यक्ष नेपालले अनेरास्ववियूकाे राजनीतिक, आर्थिक, सामाजिक परिवर्तनमा ठूलो योगदान रहेको भन्दै विद्यार्थी नेताहरूले देशको नेतृत्वमा पुग्नेगरी योग्यता र क्षमताकाे निर्माण गर्नुपर्ने बताए। साथै उनले नेता कार्यकर्ताहरुलाई अनुसाशित र अध्ययनशील बन्नुपर्नेमा जाेड दिए।
फरक प्रसँगमा नदी उल्टो बग्नु र राजा फर्किनु एउटै हो भन्दै अध्यक्ष नेपालले पुर्वराजा ज्ञानेद्र शाहलाई धेरै चुरिफुरी नगर्न चुनौती दिएका छन्। उनले भने, ‘यदि राजनीति गर्न मन छ भने राजनीतिक दल खोले हुन्छ। नभए ब्यापारी बने हुन्छ। समजसेवा गरेपनी भयो।’
अखिलका कार्यबाहक अध्यक्ष वसिम आलमको अध्यक्षतामा सप्पन्न कार्यक्रमको सञ्चालन संगठनकी महासचिव आरती लामाले गरेकी थिइन।