काठमाडौँ। नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववियूले ‘अखिल एप्स तथा सदस्यता’ वितरण कार्यक्रम सम्पन्न गरेको छ।
अखिलका कार्यबाहक अध्यक्ष वसिम आलमको अध्यक्षा तथा पार्टीका केन्द्रीय अध्यक्ष माधाव नेपालको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको हो।
अध्यक्ष नेपालले सार्वजनिक गरेको ‘एप्स’मा अनेरास्ववियूका क्रियाशील सदस्य, सदस्यताको सूचना, संगठनका गतिविधिहरु, पार्टीको मुखपत्र ‘कलम’ मा प्रकाशित सामाग्रीहरु, राष्ट्रिय र अखिल गीत सुन्न पाईने आयोजकले जानकारी दिएको छ। राजधानको थापाथली स्थित थापाथली इन्जिनियरिङ क्लेजमा सम्पन्न कार्यक्रमको संचालन संगठनकी महासचिव आरती लामाले गरेकी थिइन।
तस्बिर: मनसिंह धामी