यि हुन् एमालेले प्रस्ताव गरेका पोलिटब्युरो, सचिवालय र केन्द्रीय सदस्य



काठमाडौँ। नेकपा एमालेले केन्द्रीय कमिटीमा ४४ जना सदस्यमा मनोनयनको प्रस्ताव गरेको छ।

शनिबारदेखि सुरु भएको केन्द्रीय कमिटी बैठकमा आइतबार अध्यक्ष केपी शर्मा ओलीले ४४ जनालाई केन्द्रीय कमिटी सदस्यमा मनोनीत गर्ने प्रस्ताव गरेका हुन्। जसमा दल फडेरा, मानवीर राई, ऐन महर, चद्रमोहन गौचन, रतननाथ योगी, रमेश पौडेल, पदम गिरी, सूर्य पाठक, यज्ञ बोगटी, हरि घिमिरे, युवराज बाँस्कोटा, विशाल भट्टराई रहेका छन्।

त्यस्तै उद्धव रेग्मी, बद्री न्यौपाने, रुपनारायण श्रेष्ठ, प्रेम दंगाल, हरिकृष्ण व्यञ्जनकार, सुवास देवकोटा, भीम केसी, लालबाबु पण्डित, चुडादेव सिंह लामा, विषमलाल अधिकारी, रेशम लामा, गोविन्द दुवाल, सहदेव बोगटी, बालसिंह काउछा, कृष्ण केसी, चन्द्रबहादुर विश्वकर्मालाई पनि केन्द्रीय सदस्यमा मनोनीत गर्ने ओलीको प्रस्ताव छ।

यसैगरी इन्दिरा गौतम, सरस्वती चौधरी, युमना रोका, उमा कोइराला, कल्पना चापागाईं, आशा विक, नैनकला ओझा, मञ्जु गुरुङ, विमला अर्याल, इन्दिरा सञ्जेल, गीता कार्की, शान्ति अधिकारी, रुक्मणी राणा, सविता थादव, तारादेवी गुरुङ पनि मनोनीत गर्ने प्रस्ताव छ।

भीम रावललाई स्थायी कमिटी सदस्य बनाऔं: योगेश भट्टराई

नेकपा एमालेका सचिव योगेश भट्टराईले भीम रावललाई स्थायी कमिटी सदस्य मनोनित गर्न माग गरेका छन्। भक्तपुरमा जारी केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी ओलीले ४४ जना केन्द्रीय सदस्य मनोनित गर्ने प्रस्ताव गरेका छन्। त्यसमा अध्यक्षमा पराजित भीम रावलको नाम छैनन्।

बैठकमा सचिव भट्टराईले रावललाई केन्द्रीय सदस्य बनाएर स्थायी कमिटीमा राख्न माग गरेका हुन्। उनले वरिष्ठता, नयाँ पुस्ता र समावेशी हुने गरी पोलिटब्यूरो मापदण्ड बनाउन समेत आग्रह गरेका छन्।

घनश्याम भूसाल र रघुजी पन्तलाई पोलिटब्यूरो सदस्य प्रस्ताव

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले घनश्याम भूसाल र रघुजी पन्तलाई पोलिटब्यूरो सदस्य प्रस्ताव गरेका छन्। भक्तपुरको गठ्ठाघरमा जारी केन्द्रीय कमिटी बैठकमा ओलीले भूसाल र पन्तलाई पोलिटब्यूरो सदस्य प्रस्ताव गरेका हुन्।

चितवनमा सकिएको १०औं महाधिवेशनमा भूसाल उपाध्यक्ष पदका उम्मेद्वार थिए। नवौं महाधिवेशनबाट भूसाल उपमहासचिव निर्वाचित थिए भने पन्त स्थायी कमिटी सदस्य थिए।