जुम्ला। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको शैक्षिक कार्यक्रमको राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा उद्घाटन गरिएको छ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले सञ्चालन गर्ने एमबिबिएस, बिएमएस र बि फार्मा लगायतका शैक्षिक कार्यक्रमको भण्डारिले आइतबार उद्घाटन गरेकी हुन्। त्यसैक्रममा भण्डारीले करिब ७६ करोडको शैक्षिक, प्रशासनिक भवनको शिलन्यास पनि गरेकी छन्।
हाल प्रतिष्ठानले एमबिबिएसमा २० कोटा, बिएमएसमा २० कोटा र बिफार्मामा २० कोटाको स्वीकृति पाई विद्यार्थी भर्ना गरिसकेको छ।