काठमाडौँ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वरिष्ठ नेता रामचन्द्र पौडेललाई भेटेका छन्। सभापतिका उम्मेदवारी दर्ता गरेपछि शनिबार साँझ प्रधानमन्त्री समेत देउवा पौडेललाई उन निवास बोहोराटारमा पुगेका थिए।
पौडेलको सचिवालयका अनुसार भेटमा देउवाले उनलाई राजनीतिबाट बाहिर हुने कुरा नगर्ने आग्रह गरेका थिए। राष्ट्रका लागि पौडेलको आवश्यकता रहेको देउवाले भनेका थिए।
आफ्नो सिद्धान्त र आदर्श विपरीत अस्वस्थ प्रतिष्पर्धा हुने देखेर महाधिवेशनको प्रक्रियाबाट आफू बाहिरिएको पौडेले बताएका थिए। उनले देउवालाई स्वस्थ प्रतिस्पर्धा गर्न आग्रह गरेका थिए। पौडेलले १४ औं महाधिवेशनमा कुनै पदमा उम्मेदवारी दिएका छैनन्। यो समाचार रातोपाटीमा छ।