जुम्ला। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको गुणस्तरलाई राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा पुर्याउन राष्ट्रपति विद्यादेवी भण्डारीलाई आमन्तरण गरिएको प्रतिष्ठानका रजिस्ट्रार निर्पेन्द्र महतले बताए।
आइतबार प्रतिष्ठानको शैक्षिक कार्यक्रम तथा शैक्षिक भवन उद्घाटनको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा रजिस्ट्रार महतले उक्त कुरा बताएका हुन्।
पत्रकार सम्मेलनमा बोल्दै महतले प्रतिष्ठानको गुणस्तरियता र निरन्तरतामा स्थानियले भन्दा बढी चिन्ता बाहिरकोले नलिने र स्थानिय सबैबाट प्रतिष्ठानलाई सकारात्मक रुपमा सहयोगको खाचो रहेको बताए। उनले भने, ‘कणाली जस्तो विकट त्यसमाथी जुम्लामा प्रतिस्ठानलाई धरासायी हुनबाट सबैको सहयोग रहन्छ।’ पत्रकार सम्मेलनमा राष्ट्रपति भण्डारीले ७६ करोडको शैक्षिक भवनको शिलन्यास गर्ने पनि महतले बताए।
राष्ट्रपति भण्डारीले आइतबार बिहान ११ बजे उद्घाटन गर्ने कार्यक्रम रहेको प्रतिष्ठानका प्रवक्ता रमेश भट्टराईले बताए। एमबिबिएस मा २० कोटा प्रतिष्ठानले सम्बन्धन पाएकोमा हाल १९ जना भर्ना भईसकेको र १ जना भर्ना प्रकृयामा रहेको, बि फार्मामा २० कोटा मा ११ जना, एमएसमा २० कोटामा १६ जना र बिएनएसमा २० कोटामा जम्मा ८ जना भर्ना भएको प्रवक्ता भट्टराईले बताए।
उक्त कार्यक्रममा शैक्षिक प्रशासन भवनको चन्दादाता, प्रतिष्ठानका पूर्व पदाधिकारीलाई सम्मान र प्रतिष्ठान जुम्लामा सञ्चालन गर्न गठित तत्कालिन २२ जना तदर्थ समितिलाई पनि सम्मान गरिने कार्यक्रम रहेको प्रतिष्ठान परिवारले बताएको छ। प्रतिष्ठानमा यसै शैक्षिक सत्रबाट एमबिबिएस, बिएनएस, बि फार्माका कार्यक्रमहरु सञ्चालित भई विद्यार्थीहरु भर्ना पनि भैसकेका छन्।
पत्रकार प्रति गुनासो
राष्ट्रपति भण्डारीले उद्घाटन गर्ने तथा शिलन्यास गर्ने विषयमा बोलाईएको पत्रकार सम्मेलनमा रजिष्ट्रार महतले गुनासो गरेका छन्।
महतले पत्रकार सम्मेलनमा प्रतिष्ठान कसरी अगाडी बढाउने भन्ने लागिपरेका पदाधिकारीलाई सरकारले कामकाज रोक्न लगाउँदा पार्टिगत स्वार्थमा लागेर कसैलाइ नसोधी समाचार बनाई बदनाम गराएको प्रति चित्त दुखेको गुनासो गरे।
उनले भने, ‘हामिलाई कामकाज रोक्न लगाउँदा प्रतिष्ठानको एएमबिबिएस कार्यक्रम अन्तर्गत ५ जना भर्ना हुन बाँकी रहँदा अन्योलमा पर्दा १ जना पनि भर्ना नभएको नमिठो अनुभव भोगेका छौं।’
महतले पत्रकारिताको धर्ममा रहेर समाचार सम्प्रेषण गर्न आग्रह गरे।