रोचक भिडन्त: विश्वप्रकाश, गगन र प्रदिप महामन्त्रीको उम्मेदवार



काठमाडौँ। नेपाली कांग्रेसका तीन जना युवा नेताहरु, विश्वप्रकाश शर्मा, गगन थापा र प्रदिप पौडेल महामन्त्रीका उम्मेदवार बनेका छन्।

सभापति शेरबहादुर देउवा र शेखर कोइरालाको दुवैमा प्यानलमा नपरेका विश्वप्रकाश शर्माले प्रकाशमान सिंहको प्यानलबाट महामन्त्रीमा उम्मेदवारी दर्ता गरेका छन्।

शर्मा दुवै समूहबाट महामन्त्रीको उम्मेदवार बन्ने चर्चा रहेको थियो। कृष्णप्रसाद सिटौलासँग देउवाले गठबन्धन गरेपछि असन्तुष्ट रहेका शर्माको कोइरालाको प्यानलबाट महामन्त्री बन्ने चर्चा सुरु भएको थियो। त्यस्तै गगन थापा शेखर कोइरालाको टिमबाट र प्रदिप पौडेल देउवा-सिटौला टिमबाट मैदानमा उत्रिने भएका छन्।