खस आर्यतर्फ केन्द्रीय सदस्यमा भावना शाहीको उम्मेदवारी



कालिकोट। नेपाली कांग्रेसकी नेता भावना कुमारी शाहीले पार्टीको १४औ महाधिवेशनमा ‘खस आर्य’ कोटामा केन्द्रीय सदस्यमा उम्मेदारी दिने भएकी छन्।

नेपाली कांग्रेसको १४औं महाधिवेशन संघीय राजधानी काठमाडौंमा मंसिर २४ गतेदेखि सुरु भएको छ। नेता शाहीले सामाजिक सञ्जालमार्फत आफू पार्टीको केन्द्रीय सदस्यका लागि उम्मेदवारी दिने जानकारी दिएकी छन्।

शाहीले कर्णाली सन्देशसँगको कुराकानिमा सामाजिक न्याय स्थापना गर्न, लोकतन्त्रको रक्षा विकास गर्न, पार्टीलाई सदृढ बनाउनका लागि आफ्नो उम्मेदवारी रहने बताएकी छन्।

सामाजिक सञ्जाल फेशबुकमा लेखेकी छन्, ‘मेरो उम्मेद्बारी पदका लागि कुर्सी र कुर्सीका लागि पद होइन, राज्यको उपनिवेशमा परेको कर्णालीबाट प्रतिनिधित्व गर्दै कांग्रेसको सङ्गठन चलायमान बनाउन र प्रत्येक नेपालीको घर आगनमा चारतारे झन्डा फराउने अभियानलाई आत्मसाथ गर्दै मुलुकलाई सहिदिशा निर्देश गर्नका निमित्त मेरो जिलो ज्यान समर्पित गर्दै मेरो उम्मेद्बारी केन्द्रीय सदस्यमा (खसआर्य तर्फ) रहेको हो भन्ने कुरा अवगत गराउँदै महाधिवेशन प्रतिनिधिले मेरो उचित मुल्यांकन गर्नु हुनेछ भन्ने आशामा छु।