केन्द्रीय सदस्यमा नारायण भट्टराईलाई मतदान किन ?



काठमाडौँ। नेपाली कांग्रेसका युवा नेता नारायाण प्रसाद भट्टराई बौद्धिक नेताको रुपमा चिनिन्छन्। पार्टीको १४औं महाधिवेशनमा उनले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने भएका छन्।

नेता भट्टराईलाई कांग्रेसलाई रुपान्तरण गर्नुपर्छ र सुदृढ बनाउनु पर्छ भन्ने युवाहरु मध्येका एक हुन्। उनलाई महाधिवेशन प्रतिनिधिहरुले किन मतदान गर्ने ?

यस्ता छन् कारणहरु:

१. नेपाली कांग्रेसको नीति निर्माणको सन्दर्भमा प्रभावकारी, शसक्त र अर्थपूर्ण भूमिका निर्वाह गर्न सक्ने व्यक्ति मानिन्छन्।

२. गुट उपगुटको नभई सुदृढ कांग्रेस र समृद्ध देशको भावनालाई आत्मसाथ गरेर पवित्र सङ्कल्पका साथ बिगत लामो समयदेखि नेपाली कांग्रेसको विभिन्न भातृ तथा शुभेच्छुक संस्थामा काम गरेर तीन दशकदेखि निरन्तर राजनीतिमा क्रियाशिल शालीन तथा बौद्धिक व्यक्ति हुन्।

३. अहंकाररहित जीवनशैली, स्वच्छ छवी, सिमान्तकृत समुदायको प्रतिनिधीमूलक आवाजलाई प्रतिध्वनीत गर्ने उदारताम निहित सर्वप्रिय युवानेता हुन्।

४. समन्वयको विलक्षण सामर्थ्य, निर्विवादित पात्र, सकरात्मक चिन्तनको धरातलमा टेकेर आफ्नो कुशल नेतृत्वलाई पूर्णता दिन अविच्छिन्न रुपमा नेपाली कांग्रेसको पद्धतिलाई जीवन्त तुल्याउनका लागि लागिरहनु भएका फराक हृदय भएका युवा हुन्।

को हुन् नारायण भट्टराई ?

– विद्यालयमा पढ्दै गर्दा २०४६ सालको जनआन्दोलनमा सहभागी

– २०४८ ने वि संघको विद्यालय इकाइको सचिव

– २०५० नेपाल विद्यार्थी संघको जिल्ला समिति सदस्य,

– २०५१ नेपाल विद्यार्थी संघको जिल्ला समिति सचिव

– २०५२ नेपाल विद्यार्थी संघको जिल्ला समितिको कार्यवाहक अध्यक्ष

– २०५३ नेपाल विद्यार्थी संघको महाधिवेशन प्रतिनिधि

– २०५८ मा नेपाल प्रेस युनियन कालिकोटको संस्थापक अध्यक्ष

– नेपाल ट्रेड युनियन काँग्रेस कालिकोटको संस्थापक अध्यक्ष

– २०५९ मा नेपाल तरुण दलको केन्द्रीय सदस्य

– नेपाली काँग्रेसद्वारा गठित जनआन्दोलन २०५९/६३ को तत्कालीन कर्णाली अंचल कमिटीको सचिव

– २०६१ मा तरुण दलको जनकपुरमा भएको तेस्रो महाधिवेशन बाट पुनः केन्द्रीय सदस्य निर्वाचित र २०६८ सम्म निरन्तर

– २०६९ मा पुनः केन्द्रीय सदस्य

– नेपाली काँग्रेसको १२, १३ र १४ औ महाधिवेशनको महाधिवेशन प्रतिनिधि तथा महासमिति सदस्य

– पार्टीको केन्द्रीय प्रतिनिधिका रुपमा धेरै जिल्लामा खटिएको