कालिकोट। नेपाली कांग्रेसका नेता भानुभक्त संज्यालसंज्यालसहित एक दर्जनभन्दा बढी नेता कार्यकर्ता नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन्।
नेपाली कांग्रेस परित्याग गरि माओवादी केन्द्र रोजेका संज्याल २०७४ को स्थानीय निर्वाचनमा पचाझरना गाउँपालिकाको अध्यक्ष पदका प्रत्यासी हुन्थि।
बिहिबार संज्यालले माओवादी केन्द्रले प्रदेश राजधानि सुर्खेतको रारा भिजिट होटेलमा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा कांग्रेस परित्याग गर्दै माओबादी केन्द्रमा प्रवेश गरेको घोषणा गरेका हुन्।
नेता संज्यालसहितका नेता कार्यकर्ताहरुलाई कर्णाली प्रदेशका निवर्तमान मुख्यमन्त्री तथा नेपाल माओवादी केन्द्रका नेता महेन्द्रबहादुर शाहीले पार्टीमा स्वागत गरेका छन्।