कालिकोट। नेपाली कांग्रेसको आसन्न १४औं महाधिवेशनको रौनक बढिरहेको छ। केन्द्रीय नेतृत्व चयन गर्नका लागि देशभरबाट संघीय राजधानी काठमाडौँ पुग्ने क्रम जारी छ। मंसिर २४ गतेदेखि सुरु हुने महाधिवेशनमा पदभन्दा बढि नेतृत्वका आकांक्षिहरु देखिएका छन्। उम्मेदार छान्ने नेतृतवलाई सकस परिरहेको देखिन्छ।
यसपालि कालिकोटले प्रदेश कांग्रेसमा केही नेतृत्व प्राप्त गरेको छ। अब कालिकोटले कांग्रेसको केन्द्रीय नेतृत्वमा कस्तो अवस्था र्सिजना गर्छ ? कसरी अघि बढ्छ? भन्ने प्रश्न उठिरहेको बेला नेपाली कांग्रेस कालिकोटकी युवा नेता छाया सुनारले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने भएकी छन्।
कर्णाली सन्देशसँगको संक्षिप्त कुराकानीमा सुनारले पार्टी नेतृत्वमा युवाहरुको उपस्थिति र भूमिका, एक व्यक्ति, एक पदका बारेमा, पार्टी र सरकारको नेतृत्वमा युवा महिलाहरुको उपस्थिति, जिम्मेवारी प्रदानका विषयमा, असल र सफल नेतृत्व निमार्ण जस्ता विषयमा शसक्त भूमिका रहने बताएकी छन्। साथै देशभरका महाधिवेशन प्रतिनिधिहरुलाई आफ्नो अमुल्य मत प्रदान गर्नसमेत आग्रह गरेकी छन्।