हर्षबहादुर बमले कांग्रेसको केन्द्रीय सदस्यमा उम्मेद्वारी दिने



कालिकोट। नेपाली काग्रेंस कालिकोटका निवर्तमान सभापति तथा युवा नेता हर्षबहादुर बमले पार्टीको १४औँ महाधिवेसनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने भएका छन्।

नेतृत्वमा युवाहरु आउनुपर्ने आवाज उठिरहेको बेला बमले सवल, सक्षम र सुदृढ कांग्रेस निर्माणका लागि आफूले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने कर्णाली सन्देशलाई जानकारी दिएका छन्।

नेपाली कांग्रेस कालिकोटको सभापतिहुँदा पार्टीलाई बलियो बनाउनका लागि संगठन विस्तारदेखि पार्टीभित्रको गुट—उपगुटको अन्त्य गर्नमासमेत बमले भूमिका खेलेको नेताका रुपमा हेरिन्छ।

नेता बमले कोरोनाको कहरमासमेत जिल्लामा निर्विवाद रूपमा क्रियाशिल वितरणलाई जारी राखेका थिए। १६ सय क्रियाशील सदस्य संख्यालाई बढाएर ४७ सय बढी क्रियाशिल वितरण गर्न सफल बमकै नेतृत्वमा ८२ वटा वडा र ९ वटा पालिकामा २ वटा प्रदेश निर्बाचन क्षेत्र (क) र (ख) अनि जिल्ला तहमै सर्र्वसम्मत नेतृत्व चयन गर्न कांग्रेस सफल भएको थियो।

मिडिया र प्रचारबाजीमा आउन कम रूचि देखाउने बम जिल्ला सभापति भएर प्रदेश र संघ कुनैको पनि टिकट नलिएर निरन्तर जिल्लामा बसेर संगठन निर्माणमा जुटेका थिए। कांग्रेस कालिकोटका विभिन्न पद र जिम्मेवारीमा रहेर सफलतापूर्वक नेतृत्वदायी भूमिका खेलेका बमले आफ्नो कार्यकालमा पार्टीको कार्यालय निर्माण गर्ने, संगठन सुदृढीकरणका अभियान थाल्ने जस्ता महत्वपूर्ण कामहरु गरेका थिए।

उनले राजनीति क्षेत्रमा कालिकोट जिल्लाले पनि केन्द्रमा नेतृत्व लिन आवश्यक रहेको बताउँदै बमले आफ्नो अनुभव र आफूले गरेका विभिन्न कामहरुको मुल्यांकनका आधारमा आफू केन्द्रीय सदस्यमा लड्न थालेको बताए।

आफू एक कार्यकाल जिल्ला सभापति बनिसकेपछि जिल्लामा गुट उपगुटको अन्त्यगरि सर्वसहमत रुपमा नयाँ नेतृत्व चयन गर्न सफल रहेको बताउँदै नेता बमले अब पुरै काग्रेंस पार्टीलाई गुट र उपगुटको अन्त्यको आवश्यक रहेको बताए। केन्द्रीय सदस्यमा निर्बाचित भए पश्चात गुट उपगुटको अन्त्यसँगै नेपाली कांग्रेस पार्टीलाई चलायमान राख्नका लागि र सुदृढ कांग्रेस निर्माणका लागि महत्वपूर्ण भुमिका निर्वाह गर्ने बमको भनाई छ।