भारतमा ओमिक्रोन संक्रमित हुने संख्या २३ पुग्यो



काठमाडौँ। भारतमा कोरोनाभाइरसको नयाँ भेरियन्ट ओमिक्रोनद्वारा संक्रमित हुने संख्या सोमबार बढेर २३ पुगेको छ।

यसअघि आइतबार यो संख्यामा पाँच गुणा वृद्धि देखिएको थियो। शनिबारसम्म भारतमा ओमिक्रोनका संक्रमितको संख्या चार मात्रै थियो। तर जयपुरमा एकै परिवार ९ सदस्य र मुम्बईमा सात जना र दिल्लीमा एक व्यक्तिमा यो भेरियन्ट पुष्टि भएको थियो।

यस्तै सोमबार महाराष्ट्रमा दक्षिण अफ्रिकाबाट फर्किएका ३७ वर्षीय व्यक्ति र अमेरिकाबाट फर्किएकी ३६ वर्षीया उनकी साथी ओमिक्रोनद्वारा संक्रमित भएको पुष्टि भएको छ। त्यसपछि महाराष्ट्रमा ओमिक्रोन संक्रमितको संख्या १० पुगेको छ।