कांग्रेस कर्णाली प्रदेश सदस्यमा गिरी विजयी



कालिकाेट। नेपाल विद्यार्थी संघकी केन्द्रीय सदस्य सुशिला कुमारी गिरी नेपाली कांग्रेस कर्णाली प्रदेशकाे प्रदेश सदस्यमा निर्वाचित भएकी छन्।

काङ्ग्रेसको जारी प्रदेशस्तरीय महाधिवेशनकी गिरी सबैभन्दा कान्छी उम्मेद्वार हुन्। जुम्लाका ललितजंग शाही सभापति बनेका छन्। कालिकोट कांग्रेसका पुर्व सभापति कालिबहादुर सहकारी प्रदेशको उपसभापतिमा निर्वाचित बनेका छन्।

शंकर माध्यमिक विद्यालय इकाई सभापति, जनज्योति माध्यमिक विद्यालय सुर्खेतको इकाई सभापती, कालिकोट नेविसंघको जिल्ला कार्य समिति सदस्य, महाअधिवेसन प्रतिनिधि, नेविसंघ निर्वाचित केन्द्रीय सदस्य, बिएससी एजी अध्यनरत गिरी नेपाली कांग्रेसको राजनीतिमा सक्रिय रूपमा अघि बढिरहेकी छन्।